You are viewing the translated version of बार्षिक प्रतिवेदन.

Rule 27
बार्षिक प्रतिवेदन
(१) कोषले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा अन्य विषयको अतिरिक्त देहायका विषय समेत समावेश गर्नु पर्नेछ:- (क) कोषले वर्ष भरी सञ्चालन गरेको कार्यक्रम,
(ख) विभिन्न स्रोतबाट कोषमा प्राप्त रकम,
(ग) कार्यक्रम सञ्चालन गर्दा भएको खर्च रकम,
(घ) कोषले वर्ष भरी गरेको कर्जा लगानी,
(ङ) त्रष्णीबाट प्राप्त हुन आएको साँवा फिर्ता तथा ब्याज रकम,
(च) कर्जा लगानीबाट स्वरोजगारीमा भएको प्रगति,
(छ) कोषबाट सञ्चालित कार्यक्रमबाट लाभान्वित वर्ग र त्यसको सङ्ख्या,
(ज) प्राप्त उपलब्धि तथा आगामी दिनमा गर्नु पर्ने सुधार।
(३) यस नियम बमोजिम पेश भएको प्रतिवेदन सर्वसाधारणको जानकारीको लागि कोषले सार्वजनिक गर्नु पर्नेछ ।